काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहिद मार्ग अन्तरगतको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्र गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडम रुपैयाध्ये ६८ करोड रुपैया रकमान्तर गरिएको बताएका हुन् । पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0