काठमाडौं । पोखरा भ्रमण वर्षको कार्यक्रममा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन समिति गठन भएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।

समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0