तुर्कमेनिस्तान, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैँ छन् ।

तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरिसकेका छन ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका हुन ।

प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः०५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0