
काठमाडौं, २२ साउन । उपनिर्वाचनका लागि रूपन्देही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ ।
रास्वपाले आज नौ जनाको नामावली सार्वजनिक गरेको हो । आवेदन दिनेमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
आवेदनका लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





