काठमाडौँ । बाग्लुङ गैरागाउँ काठमाडौँ बिश्वकर्मा समाजले आयोजना गरेको वृक्षारोपण कार्यक्रम बन तथा बाताबरण राज्य मन्त्रि रुपा विश्वकर्माको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ

समाजले आज गोकर्णेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शान्ति तथा सहिद पार्क जगडोलमा बृहत वृक्षारोपण गरेको हो । समाजले आयोजना गरेको कार्यक्रम मा बोल्दै मन्त्रि बिश्वकर्माले मन्त्रालयले असार १४ गते देखि साउन १४ गते सम्म १ करोड वृक्षारोपण गर्ने लक्ष्य बोकेको र समाजले आफ्नो तर्फबाट योगदान गरेको खुसि ब्यक्त गरेकी छिन ।

संघ संस्था निर्माण र संचालनमा जटिल चुनौती हुने हुँदा समाज आजको अबस्थामा आइ पुग्नु गर्वको कुरा रहेको भन्दै प्रशंसा ब्यक्त गरिन् ।  मन्त्रीले ऐतिहासिक भगत सर्वजित बिश्वकर्मा जन्मेको बाग्लुङ जिल्ला संग आफ्नो गहिरो सम्बन्ध रहेको प्रकाश पारिन् र निर्वाचनको बेला पार्टीले आफुलाई बाग्लुङ जिल्लाको जिम्मेवारी सुम्पेको र सोहि अवसरमा गहिरो सम्बन्ध बनाउन सफल भएको र आफु बाग्लुङ गएर पनि चुनाब लड्न सक्ने धारण राखिन् ।

शान्ति तथा सहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देलले यो ऐतिहासिक पार्कमा बिबिध कार्यक्रम गर्न बाग्लुङ गैरागाउँ काठमाडौँ बिश्वकर्मा समाज जुनै बेला पनि आफुलाई जानकारी गराए पूर्ण सहयोग रहने बताएका छन् ।

पर्यटन व्यबसायी पेम्बा शेर्पा संगमले पार्कलाइ बोटानिकल पार्क बनाउन सके कृष तथा जडिबुटी अध्ययन गर्ने शैक्षिक संस्था तथा विधार्थीलाइ राहात मिल्नेमा जोड दिए । अहिले गोदावरी एक मात्र बोटानिकल पार्क रहेको बताए ।

कार्यक्रममा समाजका अध्यक्ष सरोज बिश्वकर्माले दलित समुदाय बाट मन्त्रि बन्न सफल हुनुभएकोमा माननीय रुपा बिश्वकर्मालाइ दोसल्ला ओडाई सम्मान पत्रद्वारा अभिनन्दन गरेका थिए । सचिव  किसन सेन्चुरीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम ओपचारिकता मात्र नभई भविष्यप्रति जिम्मेवारी, प्रकृति, जिवन र आश रोपिएकाले भोलिका दिनमा पनि प्रकृिती पुजकका रुपमा अघि बढ्ने प्रतिवद्धता गरे ।

कार्यक्रम संचालन उपाध्यक्ष राम सेन्चुरीले गरेका थिए । पुर्व अध्यक्ष निवर्तमान अध्यक्षले समाजको भवन अति आवश्यक रहेकाले मन्त्रिलाइ भवन निर्माणको लागि सहयोग गर्न अनुरोध समेत गरेका थिए समाजका कोषाध्यक्ष रमेश विश्वकर्मा र वरिष्ठ सदस्य सचिन विश्वकर्माले, सर्स्वति  विश्वकर्मा, कृष्ण बिश्वकर्माले समन्वयकारी  भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0