पर्सा । प्रविधिको विकासक्रमसँगै लैङ्गिक समानता र सहभागिताको कुरा अझ बलियोसँग स्थापित हुँदै गएको छ । प्रविधिको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढ्दै गइरहेको देखिन्छ । आधाभन्दा बढी जनसङ्ख्या  रहेर पनि विविध कारणले पछि परेका महिलाहरू प्रविधिमा अभ्यस्त हुन सके समाजलाई सकारात्मक प्रभाव पार्ने सरोकारवालाहरूको भनाइ छ । यस्तै कतिपय सन्दर्भमा डिजिटल साक्षरताको अभावमा बालबालिका असुरक्षित समेत हुने भन्दै यसलाई रोक्न साक्षरतामा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । 

सामाजिक सञ्जाल, अनलाइन गेम, अनलाइन च्याट तथा मोबाइल एप्स मार्फत हुने शोषण, ब्ल्याकमेलिङ, तथा मानसिक दबाबका घटनाहरू बढेको भन्दै डिजिटल साक्षरता, साइबर सुरक्षा र आत्मविश्वासका विषयका उनिहरुलाई जानकारी दिनुपर्ने जानकारहरूको भनाइ रहेको छ । 

पर्साको वीरगंजमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बालबालिकाको सुरक्षालाई सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको भन्दै उहाँले बालबालिकाको सुरक्षा, सम्मान र सशक्तीकरणलाई संस्थागत रुपमा अघि बढाउनु अत्यन्तै आवश्यक भएको भन्दै महिलामाथि भइरहेका हिंसा, दुर्व्यवहार तथा असमान व्यवहारविरुद्ध समाजलाई सजग बनाउनु पर्ने धारणा राख्नु भयो । 

यस्तै तेरापंथ महिला मण्डलकी अन्तर्राष्ट्रिय अध्यक्ष सरिता डागाले बालबालिकाको संरक्षण, आत्मनिर्भरता र सामाजिक चेतनाको आवश्यकता उल्लेख गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने भन्दै महिलाहरूलाई आत्मविश्वासी, शिक्षित र जागरुक बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

नेपाल स्तरीय जैन श्वेताम्बर तेरापंथ सभाका वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले वर्तमान समाजमा बालबालिकाको सुरक्षाको महत्वलाई विशेष रुपमा उल्लेख गर्दै, यस्तो कार्यक्रमले समाजमा चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालिकाको संरक्षण मात्र होइन, सशक्तीकरण पनि समयको आवश्यकता रहेको भन्दै यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0