
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताउनुभएको छ ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा श्रेष्ठले बिभिन्न कारणले शान्तिप्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाई भइरहेको भन्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताउनुभएको हो ।
त्यस्तै उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरि सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने बताउनु भयो । माओवादी सरकारमा रहँदा सुशासन कायम गर्ने निकै महत्वपूर्ण काम गरेको त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उहाँले बताउनुभयो । श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश रहेको आरोप समेत लगाउनुभयो । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरू सल्बलाइरहेको उहाँले बताउनुभयो ।
श्रेष्ठले अबको दुई वर्ष पुरै जनतासँगको अभियानमा केन्द्रीत भएर निर्वाचनको तयारी गर्ने र र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढेको बताउनु भयो ।





