काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय र संसदीय दलको बैठक आज बस्ने भएको छ ।सचिवालय बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने रास्वपाले जनाएको छ ।

बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, पार्टीका गतिविधि, समसामयिक राजनीतिकलगायतका विविभ विषयमा छलफल हुने जनाइएको छ ।पछिल्लो समय रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न भएको भन्दै राजीनामा मागिरहेको छ ।

सभापति रवि लामिछानेलाई सर्वोच्चले अदालतले पनि उच्चकै थुनामा पठाउने निर्णय सदर गरेपछि सरकारसँग थप असन्तुष्ट बनेको छ । यसलाई रास्वपाले राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0