काठमाडौँ । लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ।  केशव शर्माको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको हो।

अर्गनाइजेसनको वरिष्ठ उपाध्यक्षमा शिला धिताल ,महिला उपाध्यक्षमा अप्सरा गौतम, महासचिवमा सुदर्शन आचार्य, उपमहासचिवमा तेजना पण्डित, सचिवमा रेखा श्रेष्ठ, सहसचिवमा कल्पना सानू भट्टराई र कोषाध्यक्षमा रक्तिम दैलेखीलाई चयन गरेको छ।

सदस्यहरूमा तेजवीर विक, डीआर न्यौपाने, हेमलता जिसी, संगीता थापा, ममता थापा, पुष्पा साउँद र प्रस्तुत कोइराला रहेका छन् । अर्गनाईजेसनको अधिवेशनले लाङटाङ मिडिया ट्रेकिङ र सिभिल एभियसन एण्ड जर्नालिजम सम्बन्धी कार्यक्रम पनि गर्ने निर्णय  गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0