काठमाडौँ  बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले नेपाल, बङ्गलादेश, भुटान र भारतका सात पूर्वोत्तर राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार ढाकामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले एकीकृत आर्थिक योजनाबाट साझा लाभ उठाउन सकिने उल्लेख गरे।

गत अक्टोबरमा नेपाल–बङ्गलादेश–भारतबीच ४० मेगावाट विद्युत् आपूर्तिका लागि सहमति भइसकेको स्मरण गर्दै युनुसले स्वास्थ्य क्षेत्रमा समेत क्षेत्रीय सहकार्यबाट लाभ लिन सकिने बताए। उपसभामुख रानाले द्विपक्षीय सहकार्यमा नेपालको रुचि रहेको बताउँदै बङ्गलादेशको शिक्षा प्रणालीको प्रशंसा गरिन्।

दुवै पक्षबीच भौतिक पूर्वाधार र सडक सञ्जाल विस्तारका विषयमा पनि छलफल भएको थियो। कार्यक्रममा नेपालका राजदूत घनश्याम भण्डारीसहित बङ्गलादेश सरकारका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0