
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नागरिकमा देखिएका निराशालाई चिर्नेगरी बजेटका प्राथमिकता र सिद्धान्त आएको बताउनुभएको छ ।
बर्तौलाले जनतामा सकारात्मक भावना जागृत गर्दै निराशाहरु चिर्ने गरि बजेटका प्राथमिकता र सिद्धान्त आएको बताउनुभएको हो ।उद्यमशीलताको प्रवर्द्धन, लगानीमैत्री वातावरण बनाउने विषयमा सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।
बर्तौलाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रोत्साहित गर्ने, वैदेशिक लगानी वृद्धि गर्दै औद्योगिकरणको बिकासदेखि रोजगारी प्रवर्द्धन लगायतका पाटोलाई सरकारले विशेष ख्याल गरेको दावी गर्नुभयो । त्यस्तै सरकारले बजेटका प्राथमिकता र सिद्धान्त मार्फत सुशासनलाई प्रवर्द्धन र नागरिकका लागि राज्यले प्रदान गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन खोजेको देखिएको उल्लेख गर्नुभयो ।
उहाँले अर्थतन्त्रको सीमा र चापभित्र रहेर सरकारले खास खास योजनालाई प्राथमिकता दिनेगरी अगाडि बढाउन खोजेको बताउनुभयो ।





