
काठमाडौँ । आज २५६९औं बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ। लुम्बिनीमा विशेष कार्यक्रमसहित विशेष पूजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिएको छ। मायादेवी मन्दिर परिसर, पुष्करिणी पोखरी र बौद्ध विहारहरू रंगीचंगी बत्तीले झिलिमिली बनाइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको मुख्य समारोह उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देश–विदेशबाट हजारौँ श्रद्धालु सहभागी भएका छन्। शान्ति र भाइचाराको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीमा कार्यक्रमको आयोजना गरिएको हो ।
नेपालमा बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाको दिन विशेष उत्साहका साथ मनाइन्छ। लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ, र रामग्राम लगायतका स्थानहरूमा बौद्ध अनुयायीहरू भेला भएर पूजा, ध्यान, दान र प्रवचनजस्ता गतिविधिहरूमा सहभागी हुन्छन्। यो दिन विशेष गरी मानवता, करुणा र अहिंसाका मूल्यहरूलाई पुनः स्मरण गर्ने अवसर हो।वुद्ध जयन्तीका अवसरका आज सार्वजनिक विदा दिइएको छ ।





