भारत र पाकिस्तानले हालै बढ्दै गएको तनावलाई समाधान गर्दै स्थल, समुद्र र आकाशमार्फत हुने सबै प्रकारका सैन्य कारबाही रोक्ने सहमति गरेका छन्।भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार, दुबै देशका सैन्य अपरेसन प्रमुखहरूबीच आज फोनवार्ता भएको र भारतीय समयअनुसार साँझ ५ बजेदेखि युद्धविराम लागू गर्ने निर्णय भएको छ।

पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि सहमति पुष्टि गर्दै शान्तिका लागि पाकिस्तान सधैं प्रतिबद्ध रहेको बताए।अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानले तटस्थ स्थलमा वार्ता सुरु गर्नेमा सहमति जनाएको जानकारी दिएका छन्।यसअघि भारतले पहलगाम आतङ्ककारी हमलाको जवाफमा ‘अप्रेसन सिन्दूर’ चलाएको थियो, जसले दुई देशबीच तनाव चुलिएको थियो।

अब, मे १२ मा सैन्य अधिकारीहरूबीच फेरि छलफल हुने छ। शान्तिका दिशामा यो सहमति दुबै मुलुकका लागि ऐतिहासिक कदमको रूपमा हेरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0