काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  तथा अर्थमन्त्री विष्णु पौडेलबीच आज दाहाल निवास खुमलटारमा भेटघाट  भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका गर्नुभएको हो । आज बिहान दाहाल निवास खुमलटार पुगेर पौडेलले भेटघाट गरेका गर्नुभएको हो । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ । 

बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहनु भएको छ । 

नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेको माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा सम्भाव्य खटपटको रुपमा पनि हेरिएको छ।

गभर्नर  पदलाई सत्तारुढ दुई दलले राजनीतिक दाउपेचको विषय बनाएका छन्, सिफारिस समिति पनि दुई नेताको अविश्वासको बन्धक बनेको छ । यस्तो समयमा अर्थमन्त्री दाहाल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0