काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सबै नेपाली लाग्नुपर्ने बताउनु भयो । उहाँले उक्त लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको भन्दै ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न सकिने बताउनु भयो । उहाँले सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहं भूमिका रहने बताउनुभयो । 

प्रधानमन्त्री  ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुभयो । एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुु-याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आवद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्ने गरी काम अघि बढिसकेको उहाँले बताउनुभयो ।

श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली भएको श्रम मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0