
काठमाडौँ । नेपाली कांग्रेसले यसअघि चैत २९ गतेभित्र क्रियाशील सदस्यता नवीकरणको काम सकेर केन्द्रीय कार्यालयमा विवरण र शुल्क पठाउन निर्देशन दिए पनि त्यो म्यादभित्र नवीकरणका काम नसकिने देखिएपछि सदस्यता शुल्क वुझाउने समय थप गरेको छ ।
यस्तै नवीकरणको सूची बुझाउने समय समेत थप गरिएको छ । विभिन्न जिल्लामा विवाद देखिँदा चैतभित्र क्रियाशील सदस्यता नवीकरणको काम नसकिने भएपछि कांग्रेसले समय थप गरेको हो ।
कांग्रेस महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नवीकरण सूची र शुल्क बुझाउने समय वैशाख १५ गतेसम्म थपिएको हाे । क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका दरले शुल्क लिने व्यवस्था कांग्रेसमा छ ।
नवीकरण भएका क्रियाशील सदस्यको नाम र मोबाइल नम्बरसहितको सूची पठाउन कांग्रेसले मातहत समितिहरूलाई निर्देशन दिएको छ ।





