
अमेरिकी सर्वोच्च अदालतले सन २००८ मा भएको मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ ।
यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ ।आक्रमणका आरोपी राना सन् २००९ मा अमेरिकामाम पक्राउ परेका थिए ।उनलाई सन् २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँग मिलेर मुम्बईमा आक्रमण गराएको र डेनमार्कमा पनि आक्रमणको योजना बनाएको आरोपमा अदालतले दोषी ठहर गर्दै १४ वर्षको जेल सजायँ सुनाएको थियो ।
६४ वर्षीय राना पाकिस्तानी मूलका क्यानडाई नागरिक हुन् । चिकित्सा शास्त्रमा डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा सामेल थिए । उनी हाल अमेरिकाको लसएन्जलसस्थित मेट्रोलिटन डिटेन्सन सेन्टरमा बन्दी जीवन बिताइरहेका छन् ।सन् २००८ को नोभेम्बर २६ मा मुम्बई भएको हमलामा १६६ जनाको मृत्यु भएको थियो भने ३०० जना घाइते भएका थिए ।
आक्रमणमा संलग्नमध्ये एक अजमल कसाबलाई सन् २०१२ मा फाँसीको सजायँ दिइएको थियो





