
प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही राजतन्त्र जनताको संघर्षबाट भूतप्रेत भइसकेको भन्दै अब कहिल्यै फर्किएर नआउने बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ महाधिवेशन उद्घाटन समारोहमा उनले गणतन्त्रको विरोध गर्नेहरूलाई “रैती हुन चाहने मूर्खहरूको डफ्फा” भनेर टिप्पणी गर्दै जनताको समृद्धि र स्वतन्त्रताका लागि सांस्कृतिक अभियानमा सक्रिय हुन आग्रह गरे।
“स्याल कराएजस्तै केहीले कराएको सुनेर वन डगर्ने होइन,” भन्दै ओलीले राजा हुने सपना अब केवल सपना हुने बताए। साथै, कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्नेहरूप्रति चेतावनी दिँदै राम्रा सिर्जनाको दर्शक अभाव नहुने उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





