
काठमाडौं, काठमाडौं महानगरपालिकाले आफ्ना संस्थागत विद्यालयहरूलाई कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, दलित, जनजाती, महिला, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ।
शैक्षिक सत्र २०८२ मा विद्यालयमा भर्ना भएका विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने र त्यसका लागि सूचना पाटीमा सूचना टाँसी, विद्यार्थी तथा अभिभावकबाट आवेदन संकलन गरी जेठको पहिलो हप्ता भित्र वितरण प्रक्रिया पूरा गर्न महानगरले अनुरोध गरेको छ।
छात्रवृत्ति वितरण छात्रवृत्ति छनौट समितिको निर्णयबाट मात्र गर्नुपर्ने छ, जसमा वडा अध्यक्ष, विद्यालय प्रधानाध्यापक, शिक्षा निरीक्षक तथा एक अभिभावक प्रतिनिधि सदस्य रहनेछन्।
विद्यालयहरूले विवरण https://datacollection.kathmandu.gov.np मार्फत पठाउनुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





