
काठमाडौँ — आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको प्रधानमन्त्री केपी शर्मा ओलीले जिकिर गरेका छन्
अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको ओलीले उल्लेख गरे । राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौंमा आयोजना गरेको ‘टुगेदर फर टुमरो युथ एन्ड द प्राइमिनिस्टर’ कार्यक्रममा बोल्दै समस्या भए पनि त्यसको समाधानका लागि सरकार प्रयासरत भएको जानकारी गराएका हुन । समस्या छन्, ती विकासको गतिसँगै आएकाले। त्यसलाई व्यवस्थित गरी सवै अगाडि बढ्नुुपर्नेमा जोड दिए ।
सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले विशेषज्ञ चिकित्सको बन्ने सपना देख्ने , कैयौ बन्ने प्रतिक्षामा त कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनुुभएको अहिलेको समयको उपलब्धि भएको प्रधानमन्त्री ओलीले बताएका छन्।
उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे ।





