काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिएका छन् । चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताएका हुन् ।

चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । प्रधानमन्त्रीले धेरैको अनुमान विपरीत भारत भ्रमण नगरी पहिला चीन भ्रमण गरेपछि पत्रकारहरूले कार्यकालबारे प्रश्न गरेका थिए ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पटक–पटक भन्दै आएको बताए । उनले डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने पनि बताए ।कांग्रेस र एमाले गठबन्धन सरकार आगामी निर्वाचनसम्मै रहने उनको दाबी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0