
काठमाडौ । तीन वर्षभित्र नेपाल आयल निगमले लुम्बिनी प्रदेशमा अत्याधुनिक इन्धन भण्डारण डिपो बनाउने भएको छ । लुम्बिनी प्रादेशिक कार्यालय, भण्डारण डिपो निर्माणका लागि आवश्यक विस्तृत सम्भाव्यता अध्ययन डीपीआर गर्न काठमाडौं विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागलाई जिम्मा दिइएको छ । डीपीआर गर्न केयूका कन्सल्टेन्सी विभाग प्रमुख विवेक बराल र निगमका उपनिर्देशक प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भएको छ ।
रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिका रोहिणी नदी किनारमा बन्ने डिपोको गत वैशाखमा भूमिको शिलान्यास गरिएको थियो । बुधबार डीपीआरका लागि सम्झौता भएको हो । सम्झौतासँगै भण्डारण निर्माणको प्रक्रिया अगाडी बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





